Saturday, March 22, 2014

गरम मसला

कसले भनेर हुन्छ र - जिन्दगी यसो सही अनि त्यसो गलत । भोग्दै जाने हो, झेल्दै जाने हो । हिन्दै गर्दा बाटोमा लाग्न सक्ने ठेस र केराका बोक्राहरु आयसी टर्छन । यात्रा सुरु हुँदा सोच बनाउन, भबितब्यको लेखा-जोखा राख्न र एउटा खाका बनाउन सकिएला तर समय धाराको टूटी खोलेको र बन्द गरेको जस्तो गर्दै मात्रा मिलाएर उपयोग गर्न अनि टूटी आधी थुनेर प्रेसरमा टाढा पुर्याउन मिल्ने चीज हैन । परिस्थितिहरुले मागेको अबस्थाको भोगी बन्नु कसैको चाह बनिदिन्छ अनि कसैको बाध्यता ।

यो दुनिया मान्छेको हो । मान्छेले बनाएको हो । यसमा कसरी जुझ्ने भन्ने मान्छेको मनको कुरो हो । आफ्ना सोच, सिप, अनुभब र सपनालाइ सर्बस्व सुम्पेर समयसँग टिक टिक हिड्न नसक्नु आफ्नो कमजोरी हो । र त्यो आफ्नो कमजोरी हो भनेर बुझ्न, आत्मसाथ गर्न र त्यसलाई सुधार्न लागी पर्न नसक्नु रोग हो । पीडा हो । बन्धन हो । परिबन्धन हो । निर्भरता हो । सन्कोच हो । बोझ हो । अबुझ हो । अज्ञान हो । जिद हो । अन्धकार हो । अशिक्षा हो ।

दृश्य, लबज, बासना, स्वाद र स्पर्स बुझ्ने तन्तु हरुले सन्तुलिन क्रियाकलाप गर्न सकेनन भने मान्छेले सुन्दैन, बुझ्दैन अनि मनन गर्न सक्दैन र आफुलाई आफ्नो रुपमा स्विकार्न सक्दैन । मैले म यस्तो छू भनेर आफैले नमाने अरु कोले मान्ला र । आफुलाई नचिन्ने ले अरुलाई कसरी चिन्ला र ।

आफूले बोलेको आफूले मात्रै सुन्दा मजा आई राख्दैन । त्यसैले सम्बाद जरुरि छ । तर आफ्नो समय, नितान्त आफ्ना सोच हरुको समय हो । आफूले सुन्न बोल्नु पर्दैन, मनन र चिन्तन जरुरी छ । त्यो गर्न धैर्यता जरुरी छ । यी क्षणिक पलहरु मा हुने कुरा हुन । बुझाई झिल्को जस्तो हुन्छ, एक पलले मान्छे अर्कै मान्छे बनाई दिने तागत राक्छ । र परिबर्तन यिनै कुनै एक पलबाट सुरु हुने कुरो हो ।

समय यस्तो बनीदियो की मान्छे चाहेर पनी चिन्तन गर्न नसक्ने अबस्थामा छ । प्रबिधिको बिकासले अरु र आफ्नो बिचको दुरी घटायो तर आत्मीयता ? आत्मीयता पूर्ण भोगाई हो । सम्पूर्ण इन्द्रियले भोगेको आत्मीयता केबल हेराई र सुनाइले प्रगाढ नबनाउला । र त एक दुई फिट दुरिमा कुनै माहोल जमाएर आँखामा आँखा जोरेर बोलीको रिदममा झुलेर चियर्स गर्दै मारेका बातहरुको घनत्व बढी हुने ।

ज्ञानी हरु आफ्ना इन्द्रियहरु आफ्ना लागी बनेका हैनन भन्छन। आँफू खाऊ आँफू लाऊ र आँफै बोलुँ अनि सबै मैलेई भनेको होस । यस्तो सोच मनमा बारम्बार आउछ भने त्यो प्राणी स्वार्थी हो । स्वार्थी हुनु नराम्रो भनेको हैन, बस के भने त्यसको बिपरीत सोच्ने हरु पनी छन भनेर स्विकार्नु पनी सक्नु पर्छ भनेको हो ।

प्रख्यात जति छन सबै जन्मे त अरु कसैका लागी जन्मे तर जीबन सरल र जिबनमा सन्तोष यो बुझाईले देला र ? बुझाई, भोगाई र गराईको सहकार्य सम्भब छ ? सहकार्य को लागी स्पष्टता जरुरी छ, स्पस्टताको लागी सम्बाद । एउटा चारकुने बाक्सा अघि बसेर प्रबिधिको माध्यमले दिनमा सय ब्यक्ति सँग चिरबिर गर्दा उपलब्धि ठान्ने जमातमा कफीको चुस्की लिदै बैचारिक बिबादमा रम्नुको अर्थ बुझ्ने छैनन भनेको हैन । छन् । तर के भने जिन्दगि परिकार भए बुझाई, भोगाई अनि साथ त्यसका स्वाद हुन् ।



Monday, July 1, 2013

लिए सुझाव, नलिए गफ


१. आफ्नो फुर्सदलाई अरुको फुर्सद नसम्झौं ।
२. काम गर्ने वातावरणको सृजना आँफुबाट नै गरौं ।
३. आफ्नो जिम्मेवारीको महसुश अरुलाई गराउँ ।
४. मानीसलाई कामले काम सिकाउँछ र गफले सभ्यता, विश्वास र जिम्वेवारीवाट वञ्चित गराउँदछ ।
५. शान्त र सभ्य तरिकावाट कार्य गर्न सिकौं तथा सिकाउँ ।
६. सभ्यता, विश्वास र जिम्वेवारी बजारमा पाईने सस्तो चिज बस्तु होइन यसलाई जीवनभरी समालेर राखौं ।
७. आफ्नो आवस्यकता जति महत्वपूर्ण हुन्छ अरुको विवसता त्यति नै ।
८. मानीसलाई मेहनतले शिखरमा पुराउँदछ भने गफले सवैको हास्य पात्रको रुपमा चिनाउदछ ।
९. अरुको बाध्यता र विवसतामा आँफु नरमाउँ ।
१०. समय, काम र पारीश्रमीकको महत्वलाई नजीकबाट पहिचान नगर्ने पाँउनालाई यस कार्यालयमा प्रवेश गर्न निषेध गरीएको छ ।

जय होस् !

Thursday, March 29, 2012

Do what makes you happy ?

I have a challenge I would love your perspective on. In the area of financial flow, I've come to believe I somehow have a block that is impeding it. I have read insane amount of books on the subject and through a lot of introspection, believe this may be the case. HOWEVER...when I see someone who has been successful in this area such as yourself, I wonder, did you always feel financially abundant, or worthy of it or somehow knew that it would all fall into place? Can you offer any thoughts on getting oneself to a place where you believe it is possible for yourself as you ARE creating something worthy and beautiful? Continued blessings, Leila

Here’s what Siver would say on this question.

It's really hard for me to know what was just dumb luck and what was great strategy.
For example, I'm tempted to give this bit of advice:

Think small. Don't think about getting rich. Just think what you can do for someone right now that they'll be happy to pay you for. Then when you've found it, think of how to do it for as many people as possible.

... but is that actually good advice? Or do I just think that's the strategy that made me rich, when actually it's something else entirely, and I somehow got successful despite my stupid approach?

That said, here's something that I know is quite solid:

The biggest change in my attitude towards money came from my girlfriend's hippie parents. She grew up on a commune in Vermont. No TV, no nothing. Her parents just did random odd jobs - like photography and sewing - but kept their cost of living so low that it was enough to sustain them to this day. Then they put their daughter through fancy ivy-league universities on scholarships and such.

By lowering your cost of living so low that you can do just a few hours of work per month to pay your expenses, then it frees you up to turn your attention to doing things that make you happy, or perhaps building things that will make you much more money in the long run. Things that most people don't have the time to do because they're too busy on the rat-race, doing some job they hate, because they need to support their expensive cost of living.

Point being: once you realize how cheaply you can live, you get a real secure feeling of financial abundance.

Then keep improving your hustle, and doing whatever it takes to make money doing what you love, and the security/abundance mixes with fun, for a damn good combination.

Src:HN

Thursday, October 13, 2011

What makes a community ?

If you have an apple and I have an apple and we exchange apples then you and I will still each have one apple. But if you have an idea and I have an idea and we exchange these ideas, then each of us will have two ideas.

— GEORGE BERNARD SHAW

Sunday, September 8, 2002

कसलाई सोधुँ म कसले भन्छ ?

कसले भन्छ !
समय थोरै छ
गर्नु धेरै छ
के मिल्दैन यहाँ
के पुग्दैन यहाँ
कसलाई सोधुँ म
कसले भन्छ !

सबेरै उठ्नु छ
कलेज जानु छ
साथीभाई यहाँ
भबिष्य कहाँ
कसलाई सोधु म
कसले भन्छ !

बादल काट्नु छ
आकाशमा उडेर
संसार हेर्नुछ
के मिल्दैन यहाँ
कसलाई सोधुँ म
कसले भन्छ ?


Tuesday, May 1, 2001

काश म आफुँ हुन्थें

काश म लहरा हुन्थें
लपक्क त्यो फूलसंग अंगालिन्थें
मानौं जोडी त्यस्तो हुनुपर्थ्यो !
कोहि हुन्थ्यो, हामीलाई हेर्थ्यो
अनि त्यस्तै हुने कामना गर्थ्यो  !

काश म जून हुन्थें
अँध्यारोको बिचमा चम्किन्थे
एउटा शीत दिन्थें
मानौं शितलता त्यस्तो हुनुपर्थ्यो !
कोहि हुन्थ्यो, अँध्यारो हेर्थ्यो, जून हेर्थ्यो
अनि त्यस्तै हुने कामना गर्थ्यो !

काश म आफुँ हुन्थें
नितान्त आफ्नो
म जस्तै, जस्तो बनाइएको थिएँ
कोहि हुन्थ्यो
आफूलाई हेर्थ्यो, मलाई हेर्थ्यो
अनि त्यस्तै म जस्तै हुने चाह गर्थ्यो !