Friday, April 30, 2021

शुभप्रभात v0.2

 सर्जकमा नमन 

नयाँ दिनको शुभकामना ! सुर्य, चन्द्र, पृथ्वी, वायु, जल, अग्नि सबै चलायमान छन् र त जीवन छ ! सम्पुर्ण चराचर जसले यो मेरो अस्तित्व सम्भब बनायेका छन् ती सबैमा कोटिकोटी नमन् । म यो आजको दिन पनि सदाझैँ मेरा सर्जकमा अर्पण गर्दछु । Thank you for this wonderful day!

काम

पहिलो कुरो, आजको दिन के के गर्नु छ प्रमुख २-३ कामहरु आफुले देख्ने गरी Todo कार्डमा लेखेर राख्नु नत्र झिनामसिना कुरामा अल्झियेर गर्नु पर्ने काम गर्न बिर्सिन सक्छ ।

केही गरि गर्न पर्ने काम गर्न मन लागेन, अल्छी लाग्यो, झिजो लाग्यो, दिक्क लाग्यो, पछिलाइ थाती राख्ने मन भयो भने ५ मिनेट जसरी तसरी त्यो काम गर्न सुरु गरेको जस्तो गर्नु । यसो गर्दा काम को सुरुवात हुन्छ र गर्ने जाँगर लागेर आउँछ । काम सकिनु भन्दा पनि कामको सुरुवात हुनु महत्त्वपूर्ण हुन जान्छ । सुरु नै नभए कसरी progress हुन्छ?

Victory Log

आज के के भयो? के सफल भयो? स-साना सफलताले motivation दिई राक्छ, यस्ता स-साना सफलता हाँसेर, नाचेर, आफुले माया गर्ने ब्यक्ती, आफुलाइ care गर्ने ब्यक्ती संग cherish गर्नु । कोहि नभए लेखेर Victory Log बनायेर राख्नु । सफलताको acknowledgement र celebration जरुरी छ । यसले आफुलाइ आफ्ना काम र कर्तव्यबोध गराइराक्छ अनि मेहनति र disciplined बनीरहन झक्झक्याउछ । यस्तो आदत छैन भने बिस्तारै बानी बसाल्न कोसिस गर्नु । यस्ता १-२ Positive habits हरुले long-term मा जिन्दगीलाइ राम्रो दिशा दिन सक्छन ।

बोली वचन

हरेक दिन अनेक मानिसहरुसंग व्यवहार गर्नुपर्ने हुन्छ। बोलीचाली गर्नु पर्ने हुन्छ। आफु bad mood मा भएको बेला खराब बोलि नबोल्नु। mood समय अनुसार परिबर्तन हुन्छ। एकै छिन रमाइलो लागिरहेको हुन्छ, एकै छिन मा नरमाइलो लाग्न सक्छ। कुनै पल खुसिले गदगद भएको हुन्छ भने कुनै पल रिस या पिडामा मन अल्झिरहेको हुनसक्छ। mood परिवर्तनशिल छ तर बोलेको बोलि कहिलेइ फिर्ता हुन सक्दैन। त्यसैले आफ्नो बोलि हर हमेसा मृदुभाषी राख्नु। मिठो बोल्नु, नरम बोल्नु, सबैलाई माया दया बाड्नु। रिस, राग, गालि, गलौज नगर्नु। बोलि छ र त संसार यति रमाइलो छ।

केेटाकेटी

मान्छे ठुलो जन्मिदैन ! केहि न आए केटाकेटीलाइ हेर्नु, सुन्नु उनीहरु जस्तै बेफिक्री हाँस्नु, खेल्नु, कुद्नु, रमाउनु नसके कोसिस गर्नु भन्छन त्यस्तै गर्नु । कुनै चाह छैन, केहि आशा छैन, केहि प्रसङ्ग चाहिदैन मनमा जे आयो निस्फिक्री गरेको छ, जे आयो बोलेको छ, जे मन लायो खेलेको छ, बिनाकारण हाँसेको छ। धेरै आउदैन भन्ने चिन्ता छैन, जानेको छैन भन्ने संकोच छैन। कसैले केहि भन्लान भन्ने डर छैन किनकि त्यहाँ गलत केहि गरिएको छैन। सानो शब्दभण्डार बाट निस्किने शब्दले कसलाई पिरोल्लान र ? सानो परिधी भित्र घुमेका गतिबिधिहरुले कसको टाउको दुखाउलान र? तै, तिनै गतिबिधि रमाइला भइदिने। तै तिनै बोलीले मिठास छरिदिने। सानाले देख्न, बुज्न, सिक्न, गर्न धेरै छ। त्यसैले साना अनुभबहिन प्रति माया दया को भावना राख्नु। त्यसै अनुसारको व्यवहार र बोलि गर्नु। केटाकेटीको माझमा सकिन्छ भने आफु पनि केटाकेटी बन्नु। बाल्यकालका सम्झना फेरी ताजा बनाउनु।

Time as Gift

जीवनमा केहि उपहार कसैलाई दिनु छ भने आफ्नो समय दिनु। समय जीवन हो। कसैलाई समय दिनु, आफ्नो attention दिनु भनेको आफ्नो त्यो अमुल्य, नफर्किने समय बाढ्नु हो। कोहि कसैलाई judge नगर्नु, सकिन्छ compliment दिनु, अनुहारमा मुस्कान दिनु, मिठो बोलि दिनु, उनीहरुका सुख,दुख सुनिदिनु, बधाईका ढाप दिनु। सफलताका handshake दिनु। जिन्दगि के छ र ? यिनै सानातिना अनुभबहरु दोहोरिनु न हो ! किन रिसिनु छ र ? कि न रुमल्लिनु छ र ?

पढ्ने बानी र Discovery सोच 

जिन्दगि एउटा खोज हो। नयाँ अनुभबको खोज हो। नयाँ सोचको खोज हो। सृजित अनुभब र सोचहरु सबै यहि छन्। बस तिनको discovery महत्वपूर्ण बनिदिन्छ। मान्छेले गर्न बाँकी केहि छैन। सोच्न बाँकी केहि छैन। त्यसो भन्दैमा आफुले गर्ने केहि नभेट्नु या आफुले सोच्न सकिएन भन्नु कत्तिको जायज होला ? यो खोजी को process मा हरेक दिन केहि नयाँ पढ्नु। जीवन अझ मनोरम बनाउन के गर्न सकिन्छ हर समय कोसिस गर्नु। कोसिस गर्ने न हो। यो खोज दैनिकी बनोस। पढ्ने बानि दैनिकी बनोस।




Deliberate Practice

केहि कुरा पुरानो या नयाँ सिक्न होस् या आफुले जानेको कुरामा expertise प्राप्त गर्न होस् practice जरुरि छ।Practice, practice, practice यसको बिकल्प छैन। आफुले already जानेको कुरो फेरी फेरी दोहोर्याएर गरिराख्नु लाई मात्रले practice र learning/पढाई सफल हुदैन। धेरै जसो यस्तो हुन्छ कि दैनिकी एकोहोरो बनिदिन्छ अनि हरेक दिन उही प्रकृतिका क्रियाकलाप र काम गर्दा गर्दै दिन सकिएको पत्तो हुदैन। त्यस्तो भयो भने experience gain होला तर expertise develop हुदैन। सो, Practice गर्दा आफुलाई challenge गर्नु जरुरि छ। Practice को लागि आफ्नो क्षमता भन्दा थोरै माथिको कुरो गर्न प्रयत्न गर्नु, आफ्नो performance analyze गर्नु अनि mistakes हरु केहि भेटिए त्यसलाई सुधार गर्नु। यो process दोहोर्याउनु।  फेरी practice गर्नु अनि त्यसपछि फेरी गर्नु। Practice deliberately गर्नु नकि यत्तिकै बहकिएर। Self improvement deliberate practice को परिणाम हो। पढाई, खोजाई, बुझाई, discovery तब अर्थपूर्ण हुन्छ जब त्यसले deliberate practice भेट्छ। यो दैनिकी बनोस। दिनको केहि समय आफ्नो skills र craft improve गर्न deliberately practice गर्नु।   


Best and Worst

दैनिकीका केहि कामहरुमा आफु best हुनु, बन्नु। अनि केहि काम कुरा हरुमा आफु worst performer हुनु। आफु best र expert भएर कार्य गर्दा कामहरु आफुले lead गर्न सकिन्छ, अनि अरुलाई आफ्ना सोचाई र गराईले प्रेरणा दिन सकिन्छ। जब आफु worst performer भईन्छ तब अरु जान्ने र expert हरु बाट सिक्न पाइन्छ। 

Share Your Knowledge

जमाना प्रबिधिको छ। नजानेका कुरा सिक्न अनि जानेकाकुरा सिकाउन कहिँ टाडा गई राख्नु पर्दैन। जसरि नजानेका कुरा सोधेर, खोजेर, गरेर, परेर सिकिन्छ त्यसै गरि आफुले जानेका कुरा, आफ्ना सोच विचार, आफ्ना भावना दैनिक जसो share गर्दै जानु। भनेर सकिन्छ भन्नु, लेखेर सकिन्छ लेख्नु, चित्र कोरेर सकिन्छ कोर्नु, सुर-तालमा नाचेर सकिन्छ नाच्नु, संगीत सर्जेर सकिन्छ संगीत बनाउनु। सृजना गर्नु। आफुले सिक्न सकिने छ भने सिक्नु। चलायमान संसारमा यसले गति थप्छ। सोच विचारको मन्थन हुन्छ। केथा देवताले अमृत यसरि नै मन्थन गरेका पो हुन् कि ?

Review & Gratitude

कर्म गर्ने प्राणी हामि। यहाँ प्रयास जरुरि छ। कोसिस जरुरि छ। तर त्यो संगै आफुले गरेको के मिल्यो के मिलेन। कति सहि भयो कति सहि भएँ। कति सफल भयो के असफल भयो। लेखा-जोखा र गणित पनि उत्तिकै महत्वपूर्ण छ। त्यसैले हप्तामा एक दिन, शनिबार या आइतबार छुट्टीको दिन परेर आफ्ना गतिविधिहरुको लेखा-जोखा गर्नु। सफल भयो त कसरि सफल भयो, किन सफल भयो, कसले गर्दा सफल भयो खोजि गर्नु। आफुलाई सघाउने हरुलाई धन्यवाद दिनु।

आफुले यो लेख अन्तिम पल्ट पढेको दिन:
May 10th, 2021







Friday, February 5, 2021

शङ्ख र स्याल


बुवा आमाको ५० औं बर्षगाँठ्को अवसर पारेर काठमाडौँको धुलोमैलो बाट केहि दिन विश्राम लिन म यो हप्ता चितवन छु । आफू हुर्केको ठाँउ, धुलो कम, धुवाँ कम, हो-हल्ला कम आनन्द लाग्छ ।

मलाई  यो सन्सारमा म जति कोहि सुत्दैन होला जस्तो लाग्छ । सधैं राती  ८ बजे सुतेर बिहान ८ बजे उठ्ने प्राणी म आज के भयो कुन्नी पौने पाँच बजे मेरो आँखा खुल्यो । माइलो दाजिले राती बिउँझेको बेला घडी हेर्यो भने निद्रा लाग्दैन मनमा कुरा खेलीराक्छ भन्नू हुन्थ्यो एकछिन त्यही कुरा सम्झेर घडी तिर आँखा लगाइन तर मनले मानेन अनि घडी हेरेको ठ्याक्कै पाँच बजेको रहेछ । 

छानो हेरेर टोलाईरहेको थियेँ एक्कासी पुँहु, पुँ गरेर बडा मजाको शङ्ख फुकेको आवाज अलि पर छिमेकको कुनै घर बाट आयो । यो शङ्ख पनि बडा मजाको चिज छ यार ।  करिबन दुई-तीन मिनेट को शङ्खको आवाज पछि त्यो रोकियो । एकछिन आफू हिन्दु परिवारमा जन्मेर हुर्केकोमा गर्व महसुस भैरह्यो । आफू यस्तो संस्कारी छर छिमेक मा बस्ने अहोभाग्य लियेर आईयेको रहेछ । शङ्ख बज्नु, घण्टी बज्नु भगवानका आरति गुन्जनु एउटा दैविक र आध्यात्मिक माहोल दैनिक एक घन्टा बन्नु सानो कुरा हैन जस्तो लाग्छ । आफ्नो संस्कार, परम्परा, रितिरिवाज यसरी दैनिकी बन्दै गुन्जीरहेको सुन्दा मन आनन्दित हुन्छ ।

जमाना फेस्बूक र टुइटरको छ । बिहान सबेरै उठेर हग्न जानू पुर्व सर्सर्ती फेस्बुक र टुइटरमा स्क्रोल गरियेन भने पाद मात्रै आउँछ । सात बजेतिर आलाराम बजायेर जबर्जस्ति उठ्यो, चिया नास्ता गर्यो, येसो टाइम्लाइन चिहायो, खाना खायो, अफिस तिर हान्नियो, कतिबेला पाँच या छ बज्ला भनेर कुर्यो अनि घर फर्कियो । यस्तो हतास र मोडर्न सैलिको दैनिकीले भरिएको अनुभवहरु माज शङ्खको ध्वनीको गुँजले बडा अनौठो अनुभुति दियो आज ।

म अझै छानै हेर्दै थिएँ । यसो भित्ताको घडी तिर आँखा गयो, साडे पाँच बजेछ । अचानक कुहिँया, कु... कुहिँया, कु, को को गर्दै एकहुल स्याल कराए । हाम्रो छिमेकमा भाले कम स्याल ज्यादा छ्न जस्तो लाग्छ । घरबाट ५०० मिटर जति दुरिमा स्यानो खरबारी (जंगल) छ । केहि सालका रुख, बाँस अनि खर । त्यहाँ दुई तीन हुल स्यालले यो एरियामा बस्ती बसेदेखी डेरा जमाएकाछन् । स्यानो छँदा मेरो गुड मर्निङ र गुड नाइट यिनै स्याल बासे पछि हुने गर्थ्यो । बिसौँ बर्ष देखि सुन्दै आएको आवज आजकल खासै बिझाउन्न । एकछिन कराउछन्, रोकिन्छन् । बिचरा जन्तु न परे । 

यो टोलका बासीहरु स्याल कराउनु सङ्ग बानी परिसके । तर कसैले मलाई तेरो गाउँको एउटा मन नपर्ने कुरो सुना भनेर कसैले सोध्यो भने यहि स्याल कराउनु एक नम्बरमा पर्छ । यतिका बर्ष बिताईयो तैपनि झल्यास्स मनमा यस्तो स्याल कराउने ठाउँमा पनि कोहि बस्छ भनेजस्तो हुन्छ ।

यो उमेर अचम्मको हुँदो रैछ । सबै कुरा उमेर कै खेल हो जस्तो लाग्न थालेको छ आजकल । जन्मियो, हुर्कियो, १५-२० को हुँदा सम्म स्कुल गैयो । स्कुल पछि क्याम्पस । क्याम्पस पछि जागिर । जागिर पछि बिहे । बिहे पछि छोराछोरी, परिवार । परिवार पछी घरजम । अहिले तीस काटेर यसो गमेर हेर्दा अब घरजम गर्ने उमेर भयो कि भन्ने भान हुन्छ । खयर भोग्न, देख्न धेरै बाँकी छ । हाललाई यहि घरजमको कुरा गरौँ । 

म आजकल यो घरजमको बिसयलाइ लिएर बडा दोधारमा छु । ल घरजम त गर्ने तर कता गर्ने ? आफू हुर्केको बढेको ठाँउ भर्सेस् आफू पढेको, जागिरमा जमेको ठाउँ । काम धाम सबै छाडेर काठमाडौ छाडेर कुम्ब्लो बोकि चितवन मै पो बस्ने कि? मेरो उमेर थेउरीले फेरि झकझक्याँउछ । हैन गर्ने बेला, गरिखाने बेला आफ्नो कर्म थलो छाडेर कहाँ अन्त बस्नु?

४७ सालमा बाग्लुङको दमेक बाट चितवन आँउदा म ४ बर्षको थिएँ । त्यो बालापन त सबै सम्झन्न तर आफू सम्झिन सक्ने भयेपछीका दिन सम्झिदा यो ठाउँ एउटा सानो २०-३० फराकिलो गरि ठडिएका १-२ इटाले बनेका अरु खर या जस्तापाताका घरहरुको झुन्ड थियो । हामी ८-१० जना केटाकेटीको समुह । साथीहरू माझ खेल, कुद, हाँसो, रुवाइ सबै थियो । गाउँ भरिमा एउटा स्कुल । हामी त्यहीँ पढ्ने । हरेक घरमा भैंसी,गाइ, बाख्रा पाठा । पुग्दो दूध, घिउ । हरेक घरको आफ्नो करेसाबारी । तरकारी किन्नु नपर्ने । नुन र चिनी साबुन किने पुग्ने । तेल आफ्नै बारिको तोरि पेलेर पुग्ने । भात आफ्नै खेतको धानले पुग्ने । आटो पिठो आफ्नै बारिको गहुँ र मकैले पुग्ने । रमाइलो चाहियो ५-६ घर का बुढा पाका जमेर ट्वान्टी-नाइन र दहर मारा खेलेको हेरे पुग्ने । हरेक घर आफैमा पुर्ण लाग्ने । हरेकको जग्गा जमिन प्रसस्त थियो, घरमा कामको खाँचो कहिले थिएन । भोक थिएन, रोग थिएन । पढाई-लेखाई तिर बिस्तारै गाउँले हरुको चाख बस्दै थियो । पढे लेखेका मान्छे भेट्न गारै थियो । खेती किशानी मै मान्छे हरुको दैनिकी सुरु हुन्थ्यो र सकिन्थ्यो । एकमन लाघ्छ, यो पो हो त मैले घरजम गर्न खोजेको दैनिकी । फेरि अर्कोतिर लाग्छ, धत् जमना कहाँ खेतीपाती को रह्यो त? तर बिगत सम्झेर कहिले पो के पो भएको थियो र आज हुन्छ ?

आजकल शरदपुर सिमेन्टका घरहरुले भरिएको छ । यहाँ खाली जग्गा कमै छ । आजकल यहाँ करेसाबारी छैनन । धारे चोकको तरकारी पसलमा ताजा ताजा फलफुल  तरकारी पाइन्छ । या ठेलामा भैया आउँछ, आमै तरकारी चाहियो कराउँदै । यहाँ आजकल खेत छन खेतमा काम गर्ने किशान छैनन । यहाँको खरबारीका रुखका पात हल्लिदा आजकल जापान, अस्ट्रेलिया, पोर्चुगल, अमेरिका तिरको हावा आउँछ । यहाँका स्यालहरु आजकल कराउने हैन रुन्छन जस्तो लाग्छ । 

बाटो घाटो चिल्लो पिच बनेको छ । एक घर दुई पसल को नारा जिबन्त देखिन्छ । एक घर बाट एक जना बिदेश नगएको घर छैन । हुर्केका दौँतरी कहाँ कता छ्न तिनका फेसबुकका फोटा चाहिँ देख्न पाइन्छ । बुढा-पाका स्याहार नपाएर घरमै लडिरहेका छन । केटाकेटी मोबाइलका फोटा र भिडियोमा रुमलिएका छन । न त यहाँ खेल्ने बारि बाँकी छ । न त खेल्ने चाह नै । र फेरि लाग्छ, के यो हो त चितवन मैले घरजम गर्न खोजेको?

काठमाडौ ट्रली बस चल्ने समय देखि हालसम्म मेरो पढ्ने र कर्म गर्ने थलो बनेको छ । तर यो बिशौँ बर्षमा साएदै कमै दिन होलान काठमाडौमा मेरो मन जमेको । मलाई भिडभाड मन पर्दैन, मान्छेहरुको हुल मन पर्दैन । मलाइ मसिन र गाडिहरुको कोलाहल मन पर्दैन । मलाई यसो फुर्सदमा टोलाउन नपाउने दैनिकी मन पर्दैन । काठमाडौंमा त्यस्तो केही छैन जो मन परोस सिवाए आफ्नो काम । काठमाडौंको बयान म एउटा जिब्रो भएको प्रा‍णीले कसरी गरि सकुँला र ।

धेरै ठुलो, नौलो चाह हैन, सामान्य हो । यस्तो होस, बिहान भाले बासेसी निद्रा खुलोस । उठेर सुर्य नमन् गरेर जप-तप गरेसी पार तापेर बस्न पाइयोस । यसो खाना खाइ ओरि होम अफिस तिर अल्झिइयोस । अल्छी लागेर छत तिर निस्के हरियाली दृश्य देख्न पाइयोस् । अफिसको काम सकेसी निस्केर करेसाबारिमा बोट बिरुवासङ्ग खेल्न पाइयोस । भौं, भौं र क्वाँ, क्वाँ गरि भुक्ने र रुने कुकुरहरुको तान्डब सुनेर रातमा बिउझनु नपरोस् । यसो फुर्सद पाए गफमा रमिने दुई-चार छिमेकी हुन् । यत्ति हो चाह !

खएर, लेखेर, भनेर हुने हैन । बिवाह हुन र घर जग्गा जोडिन जुर्नु पर्छ रे अब कहिले जुर्ने हो त्यसैको पर्खाइमा छु । मेरा पाठक कोहि मलाई छिमेकी बनाउन मन छ भने कमेन्टमा लेख्नु होला ।

८ बज्यो अब उठ्ने मेसो गर्न पर्यो । आज शुक्रबार कामको लोड बढी नै छ । लौ त शुभ दिन ।




Wednesday, January 27, 2021

Nepali Jokes & Riddles for Kids

Riddles:


Q: Duita plane udirathyo. Dhwannga Thokyo. Tellai english ma ke bhanincha?
A: Oil

Jokes:

बिहान बिहानै रेडियो बजाउदै

आइते बिहान बिहानै रेडियो बजाउदै जंगल तिर तोइलेट गर्न भनेर हिलेछ
जब टोइलेट गरेर फर्कदै थियो धुर्मुसे ले सोधेछ – ओहो आइते म त मछु कि क्या हो, बिहान बिहानै रेडयो बोकेर हिनिस हँ आइते ..

आइते – टोइलेट गाको नि ..

धुर्मुसे – तेसो भए कस्तो भयो त टोइलेट गराई

आइते – रिसाउदै घण्टा जस्तो —

धुर्मुसे – केरे ??

आइते- टोइलेट गर्नै लाको बेला अचानक रेडयो मा सयौ थुंगा फूलका हामी
एउतै माला नेपाली भन्ने गित बज्यो मुला उठी उठी हग्नु पर्यो


रोडको बीचमा पुलिस

एउटा मोटरसाईकलमा तिनजाना केटाहरु स्पीड आउँछन् |

रोडको बीचमा उभिएर पुलिस कराउँछ : एउटा मोटरसाईकलमा तिन तिन जाना ?? त्यही पनि हेल्मेट छैन horn पनि बजाउदैन, रोक रोक !!

केटाहरु : बाटो छोड़,,, हवलदार साहब !!! यसमा अझै ब्रेक पनि छैन !


तिमि कहिल्यै नुवाउदिनौ 

शेरेले College मा एउटि केटिलाई सोध्यो
तिमि कहिल्यै नुवाउदिनौ कि क्या हो ?
केटि : म सधै नुहाउछु है, तर तिमिले किन सोधेको ?
शेरे : (मुस्कुराउदै) कहिले पनि तिमीले नुहाएको देखेको छैन त्यै भएर सोधेको



सागलाइ होस आयो

मुन्द्रे सब्जी किन्न बजारतिर गएछ।
सब्जिवाला सागमा पानि छम्किदै थियो। मुन्द्रेले पर्खेछ ।

तर जब निक्कै बेर भयो मुन्द्रेले सब्जिवाला लाई भनेछ : साहुजि… त्यो सागलाइ होस आयो भने १ केजि जोख्दिनुस न मलाइ अलिक हत्तार छ क्या !!!



जगडम्बा रड

हाकु : सधैँ सागको टर्रकारी खाँडा खाँडा वाक्क लागिसक्यो बुरी, अरु केहि नयाँ बनाउन आउँदैन टलाई ? ?

पुतली: सागको तरकारीमा त iron हुन्छ नि मेरो राजा ।

हाकु: अनि दिन-दिनै iron ख्वाएर मेरो आचीबाट जगडम्बा रड निकाल्ने बिचार छ कि क्या हो टेरो !


सय वटा खुट्टामा बुट

एकचोटि किराहरु र जनावरहरुको फूटबल म्याच भएछ । हाफ ट्याम हुँदासम्म जनावरहरुले ६ गोल गरेछन्, तर किराहरुले भने गोलै गर्न सकेनछन् । दोश्रो हाफमा किराहरुको कोचले सय खुट्टे अरिमुठे (MILLIPEDE) ल्याएछ । अरिमुठेले दनादन १२ गोल ठोकेछ, किराहरुले १२-६ मा खेल जितेछन् । खेल सकिएपछि पत्रकारहरुले किराको कोचलाई सोधे; "कोचज्यू, यस्तो राम्रो खेल्ने अरिमुठेलाई पहिल्यैबाट किन नखेलाएको?" "पहिल्यैबाट खेलाउने मन त मलाईपनि थियो भाई, तर के गर्ने, बिचरालाई सय वटा खुट्टामा बुट कस्नै हाफ टाइमसम्म लाग्यो ।

फोनको घण्टी

एकजना मुर्ख डाक्टरको मा आफ्नो दुबै कान पोलेर देखाउन गएछ । डाक्टरले सोधेछ , तपाईंको दाँया कान कसरी पोल्यो ? मुर्खले जवाफ दिएछ , म iron लाउदै थिएँ त्यतिकै मा फोनको घण्टी बज्यो , मैले बिर्सेंर फोनको सट्टा iron लाईनै कानमा राखे । डाक्टर: अनी बाँया कान कसरी पोलियो त ? मुर्ख: फोनको घण्टी फेरी बज्यो नि त ...

रगत जचाउनको आको 

दुईजना मान्छे डाक्टरको क्लिनिकमा जचाउनको लागि बसीरहेका थिए । यत्तिकैमा एउटा मान्छे अचानक रुन थाल्यो । अर्को मान्छे छक्क पर्‍यो..
पहिलो : दाई तपाईं किन रुनु भएको ?
दोश्रो : म यहाँ रगत जचाउनको लागि आको त्यसैले रुएको ।
पहिलो :रगत जाँच्न पनि डराएर रुनु पर्छ त ?
दोश्रो : होइन डराएर होइन , रगत जाच्ने क्रममा डाक्टरले मेरो औंला काट्छ नि त्यसैले दुखने सम्झेर रुएको ।
त्यतिकैमा पहिलो मान्छे पनि रुन थाल्यो
दोश्रो : हैन तपाईं चाँही किन रुन थाल्नु भयो ?
पहिलो : तपाईं त रगत जचाउन आउनु भाको । म त पिसाब जचाउन आको त्यसैले 

धरहरा हिजो सम्म त यो यहाँ थिएन

एउटा टुरिस्ट नेपाल भ्रमण गर्न आएछ , उसले एउटा नेपाली गाईड राखेछ र घुम्न गएछ । उनिहरु घण्टाघर नजिक पुगेछ र टुरिस्टले गाईडलाई सोधेछ - यो घण्टाघर बनाउन कती समय लाग्यो ?
गाईड : ५ बर्ष
टुरिस्ट : नेपालीहरु त साह्रै अल्छि रहेछन , हाम्रोमा भए त यो २ बर्षमा बन्ने थियो ।
रानीपोखरी देखे पछि फेरीटुरिस्ट : यो पोखरी बनाउन कती समय लागेको थियो नि ?
गाईड : यो त १ बर्ष मै बनाइ सकिएको थियो ।
टुरिस्ट : तिमीहरु साह्रै अल्छि रहेछौ हाम्रोमा भए त यो ५ महिनामा बन्ने थियो ।
घुम्दा घुम्दै उनिहरु धरहरा नजिक पुगेछन
टुरिस्ट : यो धरहरा बनाउन कती समय लागेको थियो नि
गाईड : खै थाहा भएन, हिजो सम्म त यो यहाँ थिएन 

आफ्नो लुगा अरुले लगाको

प्रेमी – हैन ! तिमीले यो मिनीस्कर्ट लगाएको देखेर घरमा बुवाले गाली गर्नु हुन्न ?
प्रेमीका – अहँ ! गर्नु हुन्न तर आमाले चाँहि साह्रै गाली गर्नु हुन्छ ।
प्रेमी – बुवाले चाँहि केही नभन्ने अनि आमाले चाँही किन त्यती धेरै गाली गर्ने नि ?
प्रेमीका – आमा आफ्नो लुगा अरुले लगाको मनै पराउनु हुन्न ।

यत्रो धेरै पैसा तेरो बाउले गन्छ

बैँक लुटी सकेर लुटेराहरुले बैँकको क्यासियरलाई पनि सँगै लान खोजेछक्यासियर : बैँक त लुटेए सक्यौ , अब मलाई किन साथै लान लागेको ?लुटेरा : अब यत्रो धेरै पैसा तेरो बाउले गन्छ त ?

भ्रम

स्वास्नी : "हिजो राती निन्द्रामा तिमी मलाई गाली गर्दै थियौ नि!"
लोग्ने : "तिमीलाई भ्रम पर्यो जस्तो छ।"
स्वास्नी : "कस्तो भ्रम??"
लोग्ने : म निदाएको थिए भनेर!!


खसेको चिजलाई नउठानुस

"बाबु आमा र छोरा बजार घुमने क्रममा छोरालाई आईस्क्रिम किनीदिएछ र छोराले त्‍यो आईस्क्रिम खानै नपाई खसेछ छिटो-छिटो टिप्‍नखोज्‍दा आमा चाँहीले भनेछ : छि खसेको चिजलाई नटिप म अर्कै किनिदीउला अनि एकछिनपछी हिड्‍दा हिड्‍दै बाबु चाही लडेछ हत्‍त पत्‍त आमाले उठाउन खोज्‍दा छोराले भनेछ खसेको चिजलाई नउठानुस आमा म अर्कै बुबा खोजिदिउला ।

काल कती प्रकारको हुन्छ 

शिक्षक : राम भन त काल कती प्रकारको हुन्छ ?
राम : ३ प्रकारको सर
शिक्षक : स्याबास , अब तिनै वटाको एउटा एउटा उदाहरण देउ त
राम : सर , मैले हिजो तपाईंको छोरीलाई देखेको थिए , आज म उनिलाई माया गर्छु र भोली म उसलाई भगाएर लानेछु ।