Sunday, September 8, 2002

कसलाई सोधुँ म कसले भन्छ ?

कसले भन्छ !
समय थोरै छ
गर्नु धेरै छ
के मिल्दैन यहाँ
के पुग्दैन यहाँ
कसलाई सोधुँ म
कसले भन्छ !

सबेरै उठ्नु छ
कलेज जानु छ
साथीभाई यहाँ
भबिष्य कहाँ
कसलाई सोधु म
कसले भन्छ !

बादल काट्नु छ
आकाशमा उडेर
संसार हेर्नुछ
के मिल्दैन यहाँ
कसलाई सोधुँ म
कसले भन्छ ?